ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाबु छोराको मृत्यु - सिधा मिडिया

ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाबु छोराको मृत्यु

    ३० असार २०७८, बुधबार १७:४०  मा प्रकाशित
181 जनाले पढ़िसके




थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो ।

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताउनुभयो । दुर्घटनामा घाइते एक जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उहाँको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस