दुखद खबर स्याङ्जामा १४ वर्षीय बालकसहित दुई जनामा देखा पर्यो डेल्टा भेरियन्ट - सिधा मिडिया

दुखद खबर स्याङ्जामा १४ वर्षीय बालकसहित दुई जनामा देखा पर्यो डेल्टा भेरियन्ट

    ३० असार २०७८, बुधबार २०:३६  मा प्रकाशित
969 जनाले पढ़िसके




स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरुमा नयाँ भेरियन्ट डेल्टा बि।१।६१७।२ भएको पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो । नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना सङ्क्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताउनुभयो ।

सङ्क्रमितहरुमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको अध्यक्ष थापाले बताउनुभयो ।
डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी सङ्क्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । जिल्लामा पनि नयाँ भेरियन्टका सङ्क्रमित फेला परेपछि यहाँका वासिन्दा त्रसित भएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस