आफू आमा बन्न लागेको बाहिर आएपछि मुख खोलिन् नायिका आँचल शर्माले - सिधा मिडिया

आफू आमा बन्न लागेको बाहिर आएपछि मुख खोलिन् नायिका आँचल शर्माले

    ३० असार २०७८, बुधबार २०:३९  मा प्रकाशित
143 जनाले पढ़िसके




काठमाडौं- नायिका आँचल शर्माले आमा बन्न लागेको खबर बाहिर आएपछि यो खबर झुट भएको बताएयकी छन् ।यिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भएपछि उनी आफैले यो समाचार गलत भएको बताएकी छन् ।
उनले यही बिषयमा स्पष्टिकरण लेख्दै गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् ।उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।

’अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उनले बताएकी छन् ।आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए । जुन बिहेले पनि राम्रो चर्चा पाएको थियो ।आँचल बिहेपछि म्यूजिक भिडियोको काममा नै व्यस्त छिन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस