चापाकोटको जनज्योती मा.वि मा अभिभावकले लगाए ताल्चा - सिधा मिडिया

चापाकोटको जनज्योती मा.वि मा अभिभावकले लगाए ताल्चा

    ३ श्रावण २०७८, आईतवार १३:२६  मा प्रकाशित
435 जनाले पढ़िसके




प्रदिप पंगेनी / स्यााङ्जा।  जनज्योती मा.वि चापाकोट नगरपालिका १० बोटेटारको विद्यालय व्यवस्थापन समिति गठन माथि प्रधानाध्यापकलाई ध्यानाकर्षण सम्बन्धमा जनज्योती मा.वि का अभिभावकहरुले कडा रुपमा निवेदन मार्फत चेतावनी दिएका थिए । माग पुरा नभएमा आन्दोलनमा जाने समेत निवेदनमा जनाएका थिए ।

तर,  ३ दिनको समय सिमा सकिदा समेत  विद्यालय प्रशासन बाट निवेदन बुझीलिएको हस्ताक्षर गरेकोमा अहिले सम्म कुनै पनि  उल्लेखित विषयहरुका बारेमा यथाशिघ्र अभिभावक भेला बोलाई छलफल नगरेको हुंदा  बाध्य भएर अभिभावकले विद्यालयमा  ताल्चा लगाएका छन ।

निवेदनमा जनाए अनुसार  मनोमानी  रुपमा समिती चयन गरेको र विद्यालयको प्रमाण पूर्जा भित्र बिना नाप जाँच मनोमानी ढंगले संरचना निर्माण हुदा समेत विद्यालय प्रशासन बेखबर भएको उल्लेख गरेका छन्

     विद्यालय प्रशासनलाई ध्यानाकर्षण निबेदनको पूर्णपाठ यस्तो  थियो ।

विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि मिति २०७८-०१ -०६ मा भेला बसेको र उक्त भेलाबाट अध्यक्ष  पदका लागि १६ जना र सदस्य पदका लागि १० जना अभिभावकहरुले इच्छा जाहेर गरेको र सोही भेलामा उपस्थित अधिकांश अभिभावकहरुले भेला बाट अध्यक्ष चयनको प्रस्ताव राखेकोमा अभिभावकहरुको आवाजलाई वेवास्ता गरी सबैको नाम चापाकोट नगरपालिका नगरकार्यपालिकाको कार्यलयमा पेश भएको हो ।

मिति २०७८- ०१- ०८ गते नगरपालिकाको च. न. १७/८ को पत्रबाट  अभिभावकहरुको भेला बाट सिफारिस भएका अध्यक्ष भनि सूर्य माझी लाई अध्यक्ष पदमा नियुक्ती गरिएको र अन्य सदस्यहरु तथा  शिक्षक अभिभावक संघ तथा सामाजिक परिक्षण समिति जस्तो महत्व पूर्ण पद नियुक्ती गर्दा  ६ गते भएको भेलाका उमेद्वार  तथा विद्यालयलाई  विशेष योगदान गर्नुहुने सरोकारवाला अभिभावकहरुलाई समेत खबर नगरी

मनोमानी ढंगले अभिभावकको अधिकार लाई कुन्ठित गरि व्यवस्थापन समितिको पूणता भनि निन्दनीय कार्य भएकोले  उक्त कार्यप्रती घोर आपत्ती जनाउदै विद्यालयको प्रमाण पूर्जा भित्र बिना नाप जाँच मनोमानी ढंगले संरचना निर्माण हुदा समेत विद्यालय प्रशासन बेखबर भै अभिभावक तथा सरोकार वालाहरू लाई  सूचित नभएको हुँदा तत्काल माथि उल्लेखित विषयहरुका बारेमा यथाशिघ्र अभिभावक भेला बोलाई छलफल गर्न गराउनुहुन ध्यानाकर्षण गराउन चाहान्छौ । यदि तत्काल यथाशिघ्र माथी उल्लेखित विषयमा ३ दिन भित्र ध्यानाकर्षण भई छलफल नभएमा तत्काल आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा समेत जानकारी गराउदै ध्यानाकर्षण गराउन चाहान्छौ ।  भन्दै,  निवेदन पेश गरेका थिए ।

जनज्योती मा.वि का अभिभावकहरुले हस्ताक्षर सहितको निवेदन केहि दिन अघि पेश गरेका थिए । तर अभिभावकहरुको माग विद्यालय प्रशासनले नसुनेको  कारण अभिभावकहरू बाध्य भएर विद्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रन परेको एक अभिभावकले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस