कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिए - सिधा मिडिया

कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिए

    ५ श्रावण २०७८, मंगलवार २१:२१  मा प्रकाशित
182 जनाले पढ़िसके




काठमाडौं ।

नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो ।

बाँदरको मुकुन्डो लगाएका दर्ननौ कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन् । सोमबार बालकुमारीको हनुमन्ते खोलाको किनारमा ओलीनिकट युवा कार्यकर्ताले नेपालको पुत्ला जलाएका थिए ।नेपाल समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिएपछि युवा संघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।

 

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस