तापक्रम ५० डिग्री पुगेपछि दुबईमा कृत्रिम वर्षा (भिडियाे) - सिधा मिडिया

तापक्रम ५० डिग्री पुगेपछि दुबईमा कृत्रिम वर्षा (भिडियाे)

    ८ श्रावण २०७८, शुक्रबार १७:२६  मा प्रकाशित
503 जनाले पढ़िसके




एजेन्सी । अत्याधिक गर्मी भएपछि दुबईमा कृत्रिम वर्षा गराइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तापक्रम ५० डिग्री पुगेपछि युएईको मौसम विभागले कृत्रिम वर्षा गराएको हो ।

गर्मीले मानिस र पशुपंक्षीहरुको मृत्यु हुन थालेपछि बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । अहिले त्यहाँको तापक्रम ५० डिग्रीको हाराहारीमा रहेको बताइएको छ ।

मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउ सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो ।

युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशले बेलाबेला यस्तो कृत्रिम वर्षा गराउने गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस