धादिङमा जोन्सनको खोप लगाउनासाथ एक जनाको मृत्यु - सिधा मिडिया

धादिङमा जोन्सनको खोप लगाउनासाथ एक जनाको मृत्यु

    ९ श्रावण २०७८, शनिबार १२:२५  मा प्रकाशित
272 जनाले पढ़िसके




काठमाडौ । एक डोज मात्र लगाए पुग्ने अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएपछि एक जनाको निधन भएको छ । धादिङको नीलकण्ठ नगरपालिकामा यो खोप लगाएका एक पुरुषको निधन भएको छ । खोप लगाएका वृद्ध ब्यक्तिको निधन भएपछि अनुसन्धान थालिएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि निधन भएको हो ।

खोप लगाएको केही समयमा नै उनको निधन भएपछि त्यो कुराको अनुसन्धान सुरु भएको छ । तर उनको निधन खोपका कारण नै भएको हो भन्ने पुष्टि भने भएको छैन । के कारणले निधन भयो त्यसको खोजी थालिएको हो । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा। झलक शर्मा गौतमले घटनास्थलमा टोली गएको जानकारी दिएका छन् । खोपकै कारणले वृद्धको निधन भएको हो भनेर अहिले नै भन्न नमिल्ने पनि उनलेब बताए । ,टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ’ उनले भने ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस