निकै आकर्षक तलबमा राष्ट्र बैंकले माग्यो ६३ कर्मचारी, ८ पास गरेकालाई पनि फारम भर्ने पाउने - सिधा मिडिया

निकै आकर्षक तलबमा राष्ट्र बैंकले माग्यो ६३ कर्मचारी, ८ पास गरेकालाई पनि फारम भर्ने पाउने

    ११ श्रावण २०७८, सोमबार २१:३०  मा प्रकाशित
504 जनाले पढ़िसके




नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै आठ पास गरेकालाई पनि रोजगारीको अवसर रहेको जनाएको हो । बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको हो ।

उक्त २ पदमा आवदेन दिनको लागि एसएलसी वा सो भन्दा माथिको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ । त्यस्तै, सिपाही कर्मचारी लागि आठ पास उत्तिर्ण गरेका ५ जना महिला र २२ जना पुरुष गरी २७ जना माग गरेको छ ।

साथै बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना आठ पास उतिर्ण गरेको व्यक्ति समेत माग गरेको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले साउन २४ गते आइतबारसम्म शैक्षिक योग्यता

प्रमाणपत्र सहित सम्पूर्ण विवरण खुलाई अनलाईन दरखास्त फारम पेश गर्न सकिने बैंकले जानकारी दिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस