ख्यास्स पुतली'लाई लिएर दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान - सिधा मिडिया

ख्यास्स पुतली’लाई लिएर दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान

    १५ श्रावण २०७८, शुक्रबार १४:०६  मा प्रकाशित
322 जनाले पढ़िसके




गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथी प्रहार गरेको गुनासो धेरैको छ । स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ । कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई वेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् । 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस