कति पुग्ला मूल्य ? युनियन लाइफको सेयर आयो DeMate खातामा, ओपनिङ रेञ्ज कति,हेर्नुहोस - सिधा मिडिया

कति पुग्ला मूल्य ? युनियन लाइफको सेयर आयो DeMate खातामा, ओपनिङ रेञ्ज कति,हेर्नुहोस

    १६ श्रावण २०७८, शनिबार १६:००  मा प्रकाशित
4633 जनाले पढ़िसके




नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ ।

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९,

बीमा नियमावली २०४९ बमाेजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण गरेकाे छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस