निफ्रा जस्तै फेरी १० किता पर्नेगरी ६० करोड रुपैयाँ बराबर आइपिओ आउँदै - सिधा मिडिया

निफ्रा जस्तै फेरी १० किता पर्नेगरी ६० करोड रुपैयाँ बराबर आइपिओ आउँदै

    १६ श्रावण २०७८, शनिबार १६:१५  मा प्रकाशित
10014 जनाले पढ़िसके




सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अथार्त कुल निष्कासनको ५ प्रतिशत सेयर कमचर््चारीलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित रिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

२० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस