१५० वर्ष पुरानो घर भत्काउँदा भेटियो थोत्रो भाँडो, भाँडोभित्रको चीजले मच्चियो सनसनी - सिधा मिडिया

१५० वर्ष पुरानो घर भत्काउँदा भेटियो थोत्रो भाँडो, भाँडोभित्रको चीजले मच्चियो सनसनी

    २१ श्रावण २०७८, बिहीबार २०:४६  मा प्रकाशित
229 जनाले पढ़िसके




इटलीमा एउटा १५० वर्ष पुरानो थिएटरको भवन भत्काउँदा निकै आश्चर्यजनक कुरा फेला परेको छ । यहाँको कोमो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्काइँदै थियो । गत बुधबार भत्काउने टिमका सदस्यहरु त्यतिबेला चकित परे जब उनीहरुले भजनको अवशे षमा एउटा वर्षौं पुरानो भाँडो देखे । भाँडो हेर्दा उनीहरु अझै दंग परे जब त्यो भाँडोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिए ।

यो ठाउँलाई अब खजा नाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशासनले अब निर्माणको काम रोकेर खजाना खोज्नको लागि उत्ख नन गर्ने भएको छ । यहाँ कडा सु रक्षा व्यवस्था बनाइएको छ । इटलीको मिडियाका अनुसार थिएट रमुनि दबिएको अवस्थामा पाइएका सिक्का रोमन कालका हुन् । यी सिक्काको मूल्यअनुमान गर्न पनि सकिँदैन ।

स्थानीय आर्कियोलोजिस्ट लुसा रिनाल्डीका अनुसार यी सिक्काको मू ल्य तोक्न सकिँदैन किनकि यी बजारमा बिक्ने चीज होइनन् । यसको मूल्य अतुल नीय छ र यो निकै ब हुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भएको थियो । बन्द हुने बेला यो फिल्महल बनिसकेको थियो । एजेन्सी

यो पनिपढ़नु होस:काठमाडौं । संसारमा धेरै अद्भुत चीजहरू छन् । केही हामीले देख्न सकिन्छ र केही मानव आँखाबाट लुकेका पनि हुन्छन् । यो भिडमा हामीले केही समुद्री जीवहरूको बारेमा कुरा गर्न गइरहेका छौं । हामी पुर्ण विश्वासका साथ भन्न सक्छौँ कि यो दृश्य देख्दा तपाँई हैरान हुनुहुनेछ । कहिलेकाँही यस्ता समुद्री जीवहरू फेला पर्छन जुन कुनै आश्चर्य भन्दा कम हुँदैन । यतिबेला त्यस्तै एक जीवको तस्विर बाहिर आएको छ । जो देख्दा दुनियाँ नै हैरान भएको छ ।

प्रकृतिले हामीलाई प्रायः चकित बनाउँछ । त्यहाँ त्यस्ता धेरै तत्वहरू छन् जसमा हामी सचेत छैनौं । यस्तै एक तस्विर मलेसियाबाट बाहिर आएको छ । यहाँको एक माछा धेरै भाइरल भइरहेको छ । यो हेर्दा नैँ आफैंमा धेरै अनौंठो छ । मानिसहरूले रमाईलोको लागि यो माछाको तस्विर साझा गर्न शुरू गरेका छन् ।

मानिसहरु यो माछा देखेर धेरै छक्क पर्दैछन् । अहिले सामाजिक सञ्जालमा छलफलको विषय बनेको छ । यसको पछाडि कारण यसको विशेषताहरु हो । यस अद्वितीय माछाको ओठ कुनै पनि मानिसको भन्दा फरक छैन । यस माछालाई देखेर वैज्ञानिकहरू आफैं छक्क परे कि यस माछाको ओठ कसरी मानिसको जस्तो भयो ।

माछाको वास्तविक दाँत र ओठको साथ ‘मानवीय’ विशेषताहरू हुन्छन् । यस माछालाई ट्रिगरफिश भनिन्छ । यो सामान्यतया दक्षिण पूर्व एशियाई पानीमा पाइन्छ । यसको बंगारा धेरै शक्तिशाली हुन्छ । यो माछाको ओठ, र दाँतहरू मानिसको जस्तै हुन्छ । उसको फोटोहरु सबैलाई चकित पार्न पर्याप्त छ ।

एक व्यक्तिले ट्विटरमा यो असामान्य माछाको फोटो पोस्ट गर्यो, जस पछि यो लगातार भाइरल भइरहेको छ । यसको सुविधाहरू हेर्दै, धेरै व्यक्तिहरूले यसलाई विभिन्न तरिकाले फोटोशप गरिरहेका छन्, जुन एकदम रमाईलो छ। यी तस्विर ट्विटरमा पोस्ट हुने बित्तिकै तीब्र रुपमा भाइरल हुँदैछ । रमाईलोका लागि यो तस्विर तपाईपनि सेयर गर्न सक्नुहुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस