थप ३७ सय जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार नजिक - सिधा मिडिया

थप ३७ सय जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार नजिक

    २२ श्रावण २०७८, शुक्रबार १९:२३  मा प्रकाशित
120 जनाले पढ़िसके




काठमाडौं । शुक्रबार नेपालमा ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ४९३ पीसीआर र ६ हजार १८२ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ४३० र १२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । जसमध्ये ६ लाख ६५ हजार ५४८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार १९ जनाको मृत्यु भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस