मौद्रिक नीतिको सूचना चुहाएपछि गर्भनर छानबिनमा - सिधा मिडिया

मौद्रिक नीतिको सूचना चुहाएपछि गर्भनर छानबिनमा

    २९ श्रावण २०७८, शुक्रबार २१:२५  मा प्रकाशित
267 जनाले पढ़िसके




काठमाडौं । मौद्रिक नीतिको सूचना चुहाएपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनका लागि फोन गरेका छन्। २०७६ साल चैत २४ गते अधिकारी गभर्नरमा नियुक्त भएका थिए।

नेपाल राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भनेको मौद्रिक नीति केही मिडियाले तीन–चार घण्टा अघि नै सार्वजनिक गरेपछि इकोनोमिक मिडिया सोसाइटी (इम्शन)ले आपत्ति जनाएको थियो ।  मौद्रिक नीति चुहावट भएकोबारे राष्ट्र बैंकदेखि अर्थमन्त्रालय र सञ्चार क्षेत्रमा हंगामा भएपछि मन्त्री शर्माले गभर्नर अधिकारीलाई सोधपुछ गरेका हुन् ।

जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने जानकारी दिएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले यसबारे अर्थसचिव मधुकुमार मरासिनीसँग पनि सोधपुछ गरेका छन्।

राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव, डेपुटी गभर्नरहरू र सरकारले नियुक्त गरेका तीन जना प्रतिनिधि सञ्चालक हुन्छन् जसमा गभर्नर अध्यक्ष रहने प्राबधान छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस