कोरोनाकालमा जागिरबाट निकालिएपछि टिकटक चलाएर २४ करोड कमाइ - सिधा मिडिया

कोरोनाकालमा जागिरबाट निकालिएपछि टिकटक चलाएर २४ करोड कमाइ

    ३० श्रावण २०७८, शनिबार १९:१६  मा प्रकाशित
218 जनाले पढ़िसके




काठमाडौं। इन्टरनेट र सामाजिक संजालको माध्यमबाट केही मानिसहरु छोटो समयमै जमिनबाट आकाशसम्म पुग्न सफल भएका छन् । यस्तै कहानी खबाने लेमको पनि छ । उनी टिकटकमा भिडियो बनाएरै निधै चर्चित भएका छन् र मोटो रकम कमाएका छन् । रोचक त के भने उनी टिकटक भिडियोमा एक शब्द पनि बोल्दैनन् । उनका हाउभाउ मानिसहरुको दिमागमा यसरी बसेका छन् कि उनी सामाजिक संजालमा सुपरस्टार भइसकेका छन् ।

२१ वर्षका लेम १ वर्ष अगाडिसम्म कारखानामा मजदुर थिए । कोरोनाकालमा विश्वभरीका लाखौं मानिसहरुजस्तै उनले पनि जागिर गुमाए । न्यूयोर्क टाइम्ससँग कुरा गर्दै उनले भने ‘मेरो जागिर गएपछि सुरुमा त मलाई निकै धक्का लागेको थियो । तर, म सम्हालिएँ । म धेरै समय खाली भएपछि मैले यो समयको फाइदा उठाउने सोच बनाएँ । मलाई विचित्र कुराहरुप्रति प्रतिक्रिया दिन मन पर्थ्यो त्यसैले मैले दिनमा कैयौं घण्टा टिकटकमा भिडियो बनाएर बिताउन थालें ।’

केही समयपछि नै उनका भिडियो भाइरल हुन थाले । यससँगै उनको फलोइङ ह्वात्तै बढ्यो । अहिले लेमका टिकटकमा १०० मिलियनभन्दा धेरै फलोअर छन् । लेमका केही फलोअरले उनलाई आधुनिक समयका चार्ली च्याप्लिन भन्छन् किनकि चार्ली च्याप्लिन जस्तै उनी पनि आफ्ना भिडियोमा बोल्दैनन् । लेमका अनुसार उनका सबैभन्दा धेरै फ्यान दक्षिण अमेरिका र ब्राजिलमा छन् । लेमलाई कैयौं कम्पनीबाट कामको अफर पनि आएका छन् तर उनी अहिले आफूलाई एउटा ब्राण्डको रुपमा स्थापित गराउनेतर्फ ध्यान दिइरहेका छन् ।

२१ वर्षका लेम सेनेगलमा जन्मिएका हुन् । उनी सानै छँदा उनको परिवार सेनेगलबाट इटली आएको थियो । उनी अहिले इटलीको चिवासो सहरमा बस्छन् । १०० मिलियन फलोअर भएका लेम विश्वका दोस्रो सबैभन्दा सफल टिकटकर हुन् । १७ वर्षका चार्ली डी एमेले संसारकै सबैभन्दा प्रसिद्ध टिकटकर हुन् । उनका १२० मिलियन फलोअर छन् । एक रिपोर्टका अनुसार लेमले १ वर्षमै टिकटकबाट २ मिलियन डलर कमाइसकेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस