जीवन विकास लघुवित्तको आईपीओमा नसोचेको तथ्य वाहिरीयो, यति सम्म पुग्ने शेयरमुल्य ? - सिधा मिडिया

जीवन विकास लघुवित्तको आईपीओमा नसोचेको तथ्य वाहिरीयो, यति सम्म पुग्ने शेयरमुल्य ?

    ३१ श्रावण २०७८, आईतवार ०९:५४  मा प्रकाशित
8735 जनाले पढ़िसके




कम्पनीको आजसहित ११ दिन दोस्रो बजारमा कारोबार भएको छ । कुल ११ दिन दोस्रोबजार कारोबार भएकोमा ७ दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबारको पहिलो दिनमा ९१४ रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको शेयरमूल्य आजसम्म आईपुग्दा २ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।एक महिनाअघि यो कम्पनीको १०००

रुपैयाँमा १० कित्ता आईपीओ पाउने लगानीकर्ताहरुले अहिले २३ हजार रुपैयाँ भन्दा बढी आम्दानी कमाइसकेका छन् । अझै बजारमा कम्पनीको शेयरको माग हेर्दा कम्पनीको शेयर

मूल्य वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।हालै कम्पनीले जारी गरेको अघिल्लो आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।केहि महिना अघि आईपीओ जारी गरेको

महिला लघुवित्त संस्थाको शेयर मूल्य करिब ६ हजारको आसपासमा पुगेको हुनाले पनि लगानीकर्ताहरु यो कम्पनीको शेयर मूल्य त्यसैको हारहारीमा पुग्न सक्ने अनुमानले यो कम्पनीको शेयर बेच्न तयार देखिँदैनन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस