पोखराको उच्च अदालतमा चापाकोटका मेयर शिवकुमार गिरी विरुद्ध मुद्धा दायर - सिधा मिडिया

पोखराको उच्च अदालतमा चापाकोटका मेयर शिवकुमार गिरी विरुद्ध मुद्धा दायर

    ३२ श्रावण २०७८, सोमबार १९:५५  मा प्रकाशित
2189 जनाले पढ़िसके




स्याङ्जा: चापाकोट नगरपालिकाको एक विद्यालयमा कानुनी मापदण्ड विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै तत्काल उक्त निर्णय खारेज गर्नको लागि उच्च अदालत पोखरामा अभिभावकको एक समूहले निवेदन अदालतमा पेश गरेको  उच्च अदालत पोखराले जानकारी दिएको छ ।

उच्च अदालत पोखरामा दर्ता गरिएको निवेदन अनुसार –  चापाकोट नगरपालिकाका असन्तुष्ट पक्षले
चापाकोट नगरपालिकाका (मेयर)   नगरप्रमुख शिवकुमार गिरीलाई विपक्षी बनाएर मुद्धा दायर गरेको छ ।
चापाकोट नगरपालिका १० कि स्थानीय चिनुमाया श्रेष्ठ, विवेक अधिकारी, शोभाकान्त खनाल, शंकर थापा र राम बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गर्दा अभिभावकको मर्म विपरीत असंवैधानिक गैरकानूनी, तरीकाले चयन गरेको भन्दै उक्त निर्णय खारेज गर्न माग गर्दै यसअघि नै रिट निवेदन दिएको बताएका छन्  ।

नगरपालिकाका नगरप्रमुख गिरीले अभिभावकको अधिकारलाई कुन्ठित गर्ने गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गरेको भन्दै मुद्धा परेको हो ।

 

चापाकोट नगरपालिकाले मापदण्ड विपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै परमादेश माग गर्दै निवेदन दिएको अधिवक्ताद्धय युवराज पराजुली र राजाराम घिमिरेले बताउनुभयो । सोही आधारमा विपक्षीलाई कारणसहित लिखित रुपमा उपस्थित हुन १५ दिने म्याद अदालतले दिएको छ ।

उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो र आदेश जारी जारी हुनु नपर्ने कुनै आधार कानुन भए सो समेत उल्लेख गरी १५ दिनभित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आज आदेश जारी गरेको छ ।

अन्तरिम आदेशको सम्बन्धमा भदौ ९ गते विपक्षी र निवेदक दुवैलाई अदालतले छलफलको लागि बोलाएको छ ।

यस अघि चापाकोट नगरपालिका आफैले बनाएको शिक्षा ऐन मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको विरोधमा चापाकोट १० बोटेटारको जनज्योति माविका अभिभावहरुले विद्यालयमा तालाबन्दी गरेका थिए । ( उच्च अदालत पोखरा / असन्तुष्ट पक्ष को सहयोगमा )

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस