दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो - सिधा मिडिया

दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो

    ५ भाद्र २०७८, शनिबार २०:१४  मा प्रकाशित
205 जनाले पढ़िसके




“आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन । ,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् । ,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले । अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी ।

गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन उनी । बिच बाटामा उनलाइ उल्टि हुन्छ । ,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् । उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन । ,उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???

फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अन्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन । बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन । ”

(फेस्बुकमा देखेको यो तस्वीर र लेखिएको शब्दहरुले मन निक्कै नै विक्षिप्त भयो 😭 बाँकी तस्वीर आँफै बोल्छ😭)  https://www.facebook.com/dearchhabilal/posts/630679188322526

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस