बिटक्वाइन मूल्यमा फेरि उछाल, १ लाख डलर नजिक पुग्न सक्ने अनुमान - सिधा मिडिया

बिटक्वाइन मूल्यमा फेरि उछाल, १ लाख डलर नजिक पुग्न सक्ने अनुमान

    ७ भाद्र २०७८, सोमबार १९:४६  मा प्रकाशित
155 जनाले पढ़िसके




काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३ महिनापछि फेरि ५० हजार डलर माथि पुगेको छ।

बिटक्वाइनको मूल्यमा उछाल आएसँगै लगानीकर्ताहरुको मनोबल उच्च भएको छ। बिटक्वाइनको मूल्य लगभग २ प्रतिशतले बढेर ५० हजार २४९.१५ डलर पुगेको हो। जुन गत मेको मध्यपछिकै सबैभन्दा उच्च हो।

गत मेको मध्यबाट बिटक्वाइनको मूल्यमा लगातार गिरावट आएको थियो। बिटक्वाइनको मूल्यमा गिरावट आउनुको मुख्य कारणहरुमा बिटक्वाइनको माइनिङबाट पर्यावरणमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एलन मस्कले टेस्ला कारको खरिदमा बिटक्वाइन स्वीकार नगर्ने घोषणा गर्नु र चीनले कारबाही गर्नु नै रहेको छ।

बिटक्वाइनको मूल्य गत जुनमा २९ हजार डलरमा झरेको थियो। जुन ६ महिनायताकै कम हो।

त्यसयता बिटक्वाइनको मूल्यमा ७० प्रतिशतभन्दा बढीको बढोत्तरी भइसकेको छ। विज्ञहरुले बिटक्वाइनको मूल्य बढेर १ लाख डलर नजिक पुग्न सक्ने अनुमान गरेको छ।

यद्यपि बिटक्वाइनको मूल्यले यसअघि कायम गरेको कीर्तिमान नजिक पुग्न अझै टाढा रहेको छ। यसअघि बिटक्वाइनको मूल्य ६५ हजार डलर पुगेको छ। यो कीर्तिमान बिटक्वाइनले गत अप्रिलमा कायम गरेको थियो। – एजेन्सी

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस