अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २० - सिधा मिडिया

अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २०

    ९ भाद्र २०७८, बुधबार १०:४८  मा प्रकाशित
183 जनाले पढ़िसके




मुख्य पृष्ठ
NEWS CATEGORIES
DISTRICT NEWS
JOBS & INTERVIEW
Preeti to Unicode Converter
Facebook Twitter

काठमाडौँ – KTM
जिल्ला जानकारी

काठमाडौँ – KTM / अर्थ/विकास
अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २० लाखसम्म कर्जा पाइने
Posted on: 25 Aug, 2021
भदौ ९, काठमाडौँ । मोटरबाटो नपुगेको जमिन पनि धितोमा राखेर बिस लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि भदौ ८ गते ल्याएको संसोधित तथा परिमार्जित एकीकृत निर्देशन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।

राष्ट्र बैंकका अनुसार अब देखि २० लाखसम्मको कर्जा लिंदा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्नेछन्।

मोटर बाटो नभएको जग्गा राखेर २० लाख सम्मको कर्जा दिनलाई राष्ट्र बैंकले बैंकहरुलाई जोड समेत गरेको छ। बैंकका प्रत्येक शाखाले यस्तो कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसके सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने छ।

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर कर्जा लिन नपाउँदा एकातर्फ नेपालमा जग्गा प्लटिङ ब्यापक रुपमा बढिरहेको थियो भने अर्को तर्फ खेतीयोग्य जमिन पनि मासिने क्रम बढेको थियो।

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाख रुपैयाँ सम्म कर्जा लिन पाइने व्यवस्थाले बिशेषगरि साना लगानीमा कृषि तथा अन्य व्यवसाय गरिरहेकाहरुलाई धेरै राहत मिल्ने अपेक्षा गरिएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस