रोजगारीको अवसर, सशस्त्र प्रहरी बलले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित) - सिधा मिडिया

रोजगारीको अवसर, सशस्त्र प्रहरी बलले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

    ११ भाद्र २०७८, शुक्रबार १८:३४  मा प्रकाशित
171 जनाले पढ़िसके




रोजगारीको अवसर, सशस्त्र प्रहरी बलले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडाैं – सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्रप्रहरीमा परिचरद ेखि प्रहरी निरीक्षकसम्म भर्ना खुलेको हो ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १ सय ३७ जना, सशस्त्र प्रहरी जवान पदमा ७ सय ५५ जना माग गरिएको छ।

यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि १ सय २८ जना माग गरिएको छ।

सबै पदमा खुला, अमर अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति, समावेशी महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्र पनि छुट्याईएको छ।

भर्ना हुन चाहानेका लागि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय स्वयम्भुदेखि ७ वटै प्रदेशमा दरखास्त फाराम बुझाउने व्यवस्था गरिएको छ।

आवेदन शुल्क सबैभन्दा माथिल्लो तह इन्सपेक्टरका लागि १ हजारदेखि सबैभन्दा कम परिचरका लागि १ सय रुपैयाँसम्म तोकिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस