दाङमा अरुको मलामी गएका देबकोटा आँफै चितामा पुगे - सिधा मिडिया

दाङमा अरुको मलामी गएका देबकोटा आँफै चितामा पुगे

    १२ भाद्र २०७८, शनिबार २१:०३  मा प्रकाशित
155 जनाले पढ़िसके




दाङमा अरुको मलामी गएका देबकोटा आँफै चितामा पुगे

दाङ । बबईमा आएको बाढीले बगाउँमा दाङको दंगिशरणमा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।

दंगिशरण गाउँपालिका वडा नं. १ बाँकीका ५० बर्षीय बामदेब देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार बिहान १० बजेतिर देबकोटालाई बाँकीस्थित निर्माणाधिन बबई पुल नजिक बाट बगाएको थियो । गाउँलेहरुले पाँच सय मिटर दक्षिणको बैबाङमा देवकोटाको उद्धार गर्दा देबकोटाको मृत्यु भइसकेको थियो ।

गाउँकै एकजना मानिसको मृत्यु पछि देबकोटा अरु गाउँले संगै बबईमा मलामी गएका थिए । काठ दिएर घर फर्किनु भन्दा पहिला उनी बबईमा नुहाउन भनेर पसेपछि बाढीले बगाएको डिएसपी अर्यालले बताए ।

परम्परा अनुसार मलामी गएका मानिसहरु घर फर्किने क्रममा नुहाउनु पर्छ भन्ने प्रचलन रही आएको छ । त्यही विश्वासको साथ नदीमा नुहाउन पसेका देबकोटालाई बाढीले बगाएर मृत्यु भएको हो ।

देवकोटा दंगिशरण १ बाँकीका ९० बर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले संगै मलामी गएका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस