स्याङ्जाको राम्दिमा पहिरो : धनमायाको ज्यान गयो, पहिरोमा पुरिएर ३ जना घाइते (क्षेति र नामावली सहित) - सिधा मिडिया

स्याङ्जाको राम्दिमा पहिरो : धनमायाको ज्यान गयो, पहिरोमा पुरिएर ३ जना घाइते (क्षेति र नामावली सहित)

    १३ भाद्र २०७८, आईतवार २०:२४  मा प्रकाशित
780 जनाले पढ़िसके




स्याङ्जाको राम्दिमा पहिरो : धनमायाको ज्यान गयो, पहिरोमा पुरिएर ३ जना घाइते (क्षेति र नामावली सहित)

प्रदिप पंगेनी / स्याङ्जा : शनिबार राति देखि परेको अविरल वर्षाको कारण आइतबार पहिरो जादा स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा घर पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–१४ कि अन्दाजी ४० वर्षकी धनमाया उम्रा मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रप्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

डिएसपी अधिकारीका अनुसार – क्षेति भएका निम्न घरहरू:-

१)   स्याङ्जा  जिल्ला गल्याङ नं.पा. १ राम्दी स्थित ऐ . बस्नेत दिपेन्द्र श्रेष्ठको घर पनि पुरिएको ( मानविय क्षति नभएको) ।

२)    ऐ.ऐ. स्थित लक्ष्मी वस्नेतले संचालन गरेको बस्नेत होटल ( मानविय क्षति समेत भएको )  ।

३)    ऐ.ऐ. स्थित सिता परियारको घरको आगनमा हिलो माटो ढुङ्गाहरू आएको ।

निम्न घाईते तथा मृत्यु

१)    स्याङ्जा जिल्ला वालिङ न.पा. वडा नं. १४ वस्ने बर्ष अं. ४० की घनमाया उम्रा, बस्नेत होटलमा पुरिएको , ऐ. १६:५५ वजे उद्धारको क्रममा मृत भेटिएको ।

२)    जिल्ला गुल्मी छत्रकोट गा.पा. वडा नं. ५ घर भई हाल स्याङ्जा गल्याङ न.पा. १ राम्दी स्थितमा बस्नेत होटल संचालन गरी बसेकी वर्ष ३७ की लक्ष्मी बस्नेत, उद्धार पश्चात उपचारको लागि मिसन अस्पताल, पाल्पा पठाईएको ।

३)    सोही होटलमा रहेका जिल्ला रुपन्देही सैनामैना न.पा. १ वस्ने वर्ष १६ को शिसिर योगी, उद्धार पश्चात उपचारको लागि मिसन अस्पताल, पाल्पा पठाईएको ।

४)    सोही होटलमा रहेका जिल्ला स्याङ्जा भिरकोट न.पा. वडा नं. ५ बस्ने बर्ष ३६ को नारायण प्रसाद तिवारी, उद्धार पश्चात उपचारको लागि मिसन अस्पताल, पाल्पा पठाईएको ।

सिद्धार्थ राजमार्ग हाल अवरूद्ध रहेको र राजमार्ग सुचारू गराउने प्रयास भई रहेको छ केही समय लाग्ने जानकारी दिएका हुन् ।

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो । सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन्।

डोजरको सहायताले पुरिएकाको उद्वार गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य गरेका हुन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस