चापाकोटका युवा नेता विश्वास पुरीले गरे नगर सचिवमा उम्मेदवारी घोषणा (एजेण्डासहित) - सिधा मिडिया

चापाकोटका युवा नेता विश्वास पुरीले गरे नगर सचिवमा उम्मेदवारी घोषणा (एजेण्डासहित)

    २२ भाद्र २०७८, मंगलवार १७:०२  मा प्रकाशित
299 जनाले पढ़िसके




नेपाली काँग्रेसका युवा नेता एवम् व्यवसायी विश्वास पुरीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा चापाकोट नगरपालिकाको नगर सचिवमा उम्मेदवारी दिने बताउनु भएको छ ।

युवा नेता पुरीले नेपाली काँग्रेसको निर्वाचन तालिका अनुसार भदौ २७ हुन गइरहेको नगर अधिवेशनमा आफुले सचिव पदमा उम्मेदवारी दिने कालीगण्डकी खबरसँगको कुराकानीको क्रममा बताउनु भयो ।

उहाँले १४ औँ महाधिवेशनमा निर्वाचित भएपछि गर्ने विभिन्न काम र एजेण्डाहरु समेत सार्वजनिक गर्नुभएको छ ।

पुरीले सार्वजनिक गर्नुभएको एजेण्डाहरु यस प्रकार रहेका छन् ।
१) चापाकोट नगरपालिका क्षेत्र भित्रका १० वटै वडामा व्यवस्थित ढंगले पार्टीको कार्यालय सञ्चालनका लागि व्यवस्था गर्ने ।
२) पार्टी संगठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने ।
३) आपतविपदमा परेका पार्टीका कार्यकर्ताहरुलाई सहयोगका लागि कोष स्थापना गर्ने ।
४) पार्टीको तर्फबाट चापाकोट नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीहरुले निर्वाह गरेको भूमिका बारेमा मूल्याङ्कन तथा छलफल गर्ने ।
५) आगामी स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख सहित १० वटै वडामा पार्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै प्रदेश र केन्द्र तहको निर्वाचनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
६) नेपाली काँग्रेसको चापाकोट नगर र वडा कार्य समितिहरुलाई सूचना र प्रविधि मैत्री बनाइने ।
७) अग्रजलाई उचित सम्मान गर्दै पार्टीको वडा केन्द्रदेखि केन्द्रतहसम्म युवा पुस्तालाई नेतृत्व तहमा पुर् याउनु पर्छ भन्ने मुद्धालाई पार्टीभित्र सशक्त ढंगले आवाज उठाउने ।
८) स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधी सभामा गुमेको स्याङ्जा काँग्रेसको साखलाई उँचो पार्न भूमिका निर्वाह गर्ने ।
९) नगर, जिल्ला, प्रदेश र केन्द्रबीच समन्वयकारी भूमिका निर्वाह गर्ने ।
१०) पार्टीको १४ औं महाधिवेशनमा पूरापूर्वकालदेखि चलि आएको सनातन हिन्दू धर्म संस्कृति संरक्षणको एजेण्डालाई सशक्त ढंगले उजागर गर्ने ।
११) पार्टी र लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरि सम्मान गर्ने ।
१२) पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आयआर्जनको पाटोतर्फ जोड्ने ।
१३) नगर क्षेत्रभित्रका बासिन्दालाई जतिसक्दो छिटो कोरोना खोपको व्यवस्थाका लागि पहल कदमी गर्ने साथै पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गर्ने ।
१४) कोरोना प्रभावित र दैवीप्रकोपबाट प्रभावित नगरबासीलाई राहतका लागि पहल गर्ने ।
१५) युवा लक्षित कार्यक्रम लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।

काँग्रेसको निर्वाचन तालिका अनुसार भदौ २७ गते गाउँ तथा नगरको अधिवेशन हुँदैछ । चापाकोट नगरपालिकामा भदौ १८ गते शुरु भएर सम्पन्न भएको नेपाली काँग्रेसको वडा अधिवेशनमा ८ वटा वडामा सर्वसम्मत र २ वटा वडामा निर्वाचनबाट नेतृत्व चयन भएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस