यिनै हुन् २६ वर्षीय भतिज लोकबहादुर कार्की जसले ‘हेपाई’ सहन नसक्दा गरे कहालीलाग्दो ह त्या ! - सिधा मिडिया

यिनै हुन् २६ वर्षीय भतिज लोकबहादुर कार्की जसले ‘हेपाई’ सहन नसक्दा गरे कहालीलाग्दो ह त्या !

    २६ भाद्र २०७८, शनिबार १२:२८  मा प्रकाशित
332 जनाले पढ़िसके




संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह’त्या आरोपमा नाता पर्ने भतिजा उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र र’ग’तले ल त पतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ।

मृ त कको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह’त्या अनुसन्धान गरेका थिए ।

ह’त्या ग’रि’एका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा ह’त्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हे’प्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो। उनीहरूलाई पा’लैपा’लो टाउकोमा प्र’हा’र ग’रे’र ह’त्या ग’रिएको थियो। पो’ष्ट’मार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ। घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस