विप्लवद्वारा भदौ २८ गते राजधानीमा एमसीसीविरुद्ध वृहत् आन्दोलनको घोषणा - सिधा मिडिया

विप्लवद्वारा भदौ २८ गते राजधानीमा एमसीसीविरुद्ध वृहत् आन्दोलनको घोषणा

    २६ भाद्र २०७८, शनिबार १६:२३  मा प्रकाशित
92 जनाले पढ़िसके




नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सो पार्टीका नेता खड्गबहादुर विश्वकर्माले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी दिनुभयो । एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभएर देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उहाँले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी दिनुभयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस