चापाकोटका सञ्चारकर्मी तथा तरुण सचिव बिश्व प्रकासको नगर सचिवमा उम्मेदवारी - सिधा मिडिया

चापाकोटका सञ्चारकर्मी तथा तरुण सचिव बिश्व प्रकासको नगर सचिवमा उम्मेदवारी

    २८ भाद्र २०७८, सोमबार ०९:५३  मा प्रकाशित
175 जनाले पढ़िसके




प्रदिप पंगेनी / स्याङ्जा चापाकोट, २८ भदौ । कुशल सञ्चारकर्मी, पत्रकार  बिश्व प्रकाश भट्टराईले नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा लड्ने भएका छन ।  युवाहरु विच लोकप्रिय रहेका भट्टराईले सञ्चार, चापाकोट नगरपालिकाको प्रेस सल्लाहकार सँगसँगै  राजनीतिमा पनि आफ्नो बलियो पकड बनाएका छन ।

उनले नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा लामो समय देखि लागेको “सिधा मिडिया” सँगको कुराकानीमा बताएका छन । युवा नेता भट्टराईले चापाकोट नगरपालिकाको नगर सचीव पदको  (खुल्ला) उम्मेदवारी दिएका हुन ।

भट्टराईका अनुसार- अग्रज लाई सम्मान युबालाई प्रोत्साहन गर्ने  उनको मुख्य एजेन्डा रहेको छ । उनी विगत १० वर्ष देखी मिडिया जगतमा काम गरिसकेका छन । हाल चापाकोट नगरपालिकाको प्रेस सल्लाहकार समेत हुन् ।

उनले आफुलाई नगर सचीवमा बिजय गराउनको लागि सबै संग अपिल समेत गरेका छन । भट्टराईलाई अग्रिम जितको लागि “सिधा मिडिया” परिवारको तर्फ बाट  शुभकामना !!

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस