अरुण काबेली पावरको १७.८९ लाभांश र शतप्रतिशत हकप्रद शेयर प्रस्ताव पारित - सिधा मिडिया

अरुण काबेली पावरको १७.८९ लाभांश र शतप्रतिशत हकप्रद शेयर प्रस्ताव पारित

    २८ भाद्र २०७८, सोमबार १५:५४  मा प्रकाशित
128 जनाले पढ़िसके




अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो । सभाले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ । यही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका भदौ १५ गते देखि २५ गतेसम्म बन्द गरेको थियो । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस