मालामाल हुने राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्दै, कहिले ? - सिधा मिडिया

मालामाल हुने राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्दै, कहिले ?

    २८ भाद्र २०७८, सोमबार १५:५७  मा प्रकाशित
134 जनाले पढ़िसके




राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले झन्डै २९ करोड ४१ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै गत भदौ ८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ। राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस