NHPC 20 प्रतिशत लाभांश र 100% राइट शेयरको सम्भावना - सिधा मिडिया

NHPC 20 प्रतिशत लाभांश र 100% राइट शेयरको सम्भावना

    २८ भाद्र २०७८, सोमबार १९:०६  मा प्रकाशित
1755 जनाले पढ़िसके




NHPC- National hydropower company ltd, LTP- 467 (increased 10%)

एनएचपीसीको २० प्रतिशत लाभांश र राइट शेयरको सम्भावना

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले सेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिएको हो । कम्पनीले सुनकोसी हाइड्रोपावरमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ ‘राइट ब्याक’ भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिने भएको हो । कम्पनीले रकम राइट ब्याक भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट परेको थियो । कम्पनीले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरेको थियो |

NHPC ले गत असारमा प्रतिस्पर्धाबाट तल्लो इन्द्रावती आयोजनाको आशयपत्र पाएको थियो । कम्पनीले लाइसेन्स पाउने प्रक्रिया अघि बढेको बताएको छ ।

स्रोतका अनुसार कानुनी प्रक्रिया पुर्याएर सुनकोसी हाइड्रोपावरलाई गाभेर वा अन्य प्रक्रियाबाट भएको लगानी रकम राइट ब्याक हुनेछ ।

चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रहेको कम्पनीले भने जस्तै बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्नेछ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ, स्रोतका अनुसार कम्पनीले निर्माण गरिरहेको इर्खुवा खोला प्रोजेक्टलाई हेर्दा बर्तमान इक्युटिले Debt Equity Ratio नमिल्ने हुदा ढिला चाडो राइट शेयर निकाल्नुपर्ने बाध्यतामा समेत कम्पनी रहेको बताईएको छ |

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस