NHPC को ६१ करोड ७२ लाख ‘राइट ब्याक’ हुँदै, २० प्रतिशत लाभांश दिनसक्ने - सिधा मिडिया

NHPC को ६१ करोड ७२ लाख ‘राइट ब्याक’ हुँदै, २० प्रतिशत लाभांश दिनसक्ने

    २९ भाद्र २०७८, मंगलवार १२:४८  मा प्रकाशित
172 जनाले पढ़िसके




काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचपीसी) ले सेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश बाँड्ने भएको छ । कम्पनीले सुनकोसी हाइड्रोपावरमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ ‘राइट ब्याक’ भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिने भएको हो ।

कम्पनीले रकम राइट ब्याक भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने अध्यक्ष कुमार पाण्डेले बताए । उनले लाभांश दिन विषयमा गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट पारिएको बताए ।

कम्पनीले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।

नेसनलले प्रतिस्पर्धाबाट तल्लो इन्द्रावती आयोजनाको आशयपत्र पाएको छ । उसले लाइसेन्स पाउने प्रक्रिया अघि बढेको छ । कानुनी प्रक्रिया पुर्याएर सुनकोसी हाइड्रोपावरलाई गाभेर वा अन्य प्रक्रियाबाट भएको लगानी रकम राइट ब्याक गर्ने उनले सुनाए ।

‘नेसनल हाइड्रोले तल्लो इन्द्रवतीमा गरेको लगानी छुट्टै कम्पनीमार्फत गरिएको थियो । सुनकोसी हाइड्रो पावर कम्पनीको लाइसेन्स गएको कारणले यो प्रोभिजन नेसनल हाइड्रो पावरको किताबमा देखिएको हो’ उनले भने ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ ।  

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस