१५ लाख जनालाई पर्ने गरि मध्य भोटेकोशीको आईपीओ आउने मिति तोकियो - सिधा मिडिया

१५ लाख जनालाई पर्ने गरि मध्य भोटेकोशीको आईपीओ आउने मिति तोकियो

    ३० भाद्र २०७८, बुधबार १९:१२  मा प्रकाशित
8892 जनाले पढ़िसके




बहुचर्चित मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि दसैंअगाडि नै निष्कासन गरिने भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार दसैंअगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन हुने प्रबल सम्भावना छ ।

यसका लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढाइरहेका छौं , उनले भने , ‘ हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले पनि दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने बताए ।

स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको केही दिनभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछौं , उनले भने ।

नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।

शिवाकोटीका अनुसार पहिलो चरणको आईपीओको बाँडफाँड आगामी सातासम्म बाँडफाँड गरिसक्ने लक्ष्य राखिएको छ । यो साता सबै काम सक्छौँ र आगामी साताभित्रै पहिलो चरणको आईपीओ बाँडफाँड हुन्छ उनले भने ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ ० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी ८१ लाख ९ ० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओको सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल , एनआईबिएल एस क्यापिटल , लक्ष्मी क्यापिटल , सिभिल क्यापिटल , सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस