आज शेयर बजार राताम्मे, ४०.२६ अंकको गिरावट हुँदा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी - सिधा मिडिया

आज शेयर बजार राताम्मे, ४०.२६ अंकको गिरावट हुँदा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

    ३० भाद्र २०७८, बुधबार २२:४०  मा प्रकाशित
331 जनाले पढ़िसके




नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.८८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस