चापाकोट दार्सिङमा दशैँको अवसर पारि सरोवर युवा क्लबले खुला भलिवल प्रतियोगिता गर्ने - सिधा मिडिया

चापाकोट दार्सिङमा दशैँको अवसर पारि सरोवर युवा क्लबले खुला भलिवल प्रतियोगिता गर्ने

    ९ आश्विन २०७८, शनिबार ०८:१९  मा प्रकाशित
441 जनाले पढ़िसके




सिधा मिडिया, प्रदिप पंगेनी / स्याङ्जा ९ असाेज ।

विजया दशमी तथा क्लबको २० औं वार्षिकोत्सबको अवसर पारि साविक वडास्तरीय खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । सरोवर युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता संचालन हुन लागेको हो । आयोजकले क्लबको वार्षिकोत्सब पारेर खुला भलिवल प्रतियोगिता गर्न लागेकाे हाे ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक चापाकोट नगरपालिकाको कार्यालय स्याङ्जा रहेको छ । युवा खेलाडीहरुको प्रतिभा पहिचान गदैँ राष्ट्रिय स्तरका खेलाडीको उत्पादन गर्ने र युवाहरुलाई पढाई वाहेक खेलकुद गतिविधीमा सहभागी गराउन तथा खेलका माध्यम बाट पनि मानिसलाई आत्मसम्मान तथा सामाजिक एकताका साथै सामाजिक विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने भवनाको सवैमा जनचेतना अभिवृद्धी गर्ने, खेलका माध्यम आम मानिसहरुमा भाईचारको भावनाको विकास गराउने उदेश्यले खेलको आयोजना गरिने “सिधा मिडिया” संगको कुराकानीमा क्लबका अध्यक्ष सुबर्ण गिरीले बताए ।

प्रतियोगिता चापाकोट नगरपालिका वडा नं ४ दार्सिङमा  संचालन गरिने आयोजकले बताएको छ । प्रतियोगीलाई पुरस्कारको सहित मेडलको पनि प्रदान गरिने छ ।

खुल्ला भलिबलको प्रथम पुरस्कार नगद रु ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद ३० हजार, तृतीय पुरस्कार नगद २० हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

यस्तै, भेट्रान्स भलिबल तर्फ प्रथम पुरस्कार घोर्ले खसी र प्रमाणपत्र, दोस्रो पुरस्कार बोका र प्रमाणपत्र रहेको छ ।

एकल नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद ५ हजारको साथमा मेडल, ट्रफी र प्रमाण पत्र रहेको जनाएका छन ।

प्रतियोगितामा टिम दर्ता असोज २० गते सम्ममा तोकिएको छ । खेल शुल्क भलिबल तर्फ रु ४ हजार रुपैँया लिइने, भेट्रान्स तर्फ ३ हजार, एकल नृत्य तर्फ २०० लिइने आयोजकले जनाएको छ ।

असोज २१ गतेबाट संचालन हुने उक्त कार्यक्रममा  समापनको दिन असोज २६ गते सम्ममा राष्ट्रिय स्तरका प्रख्यात कलाकारको बेजोड प्रस्तुती रहने छ ।

सामापनको दिन कलाकारको साथमा साँस्कृतिक कार्यक्रम समेत हुने छ । राष्ट्रिय कलाकारहरु सागर लम्साल (बले), रामजी खाँण, शिव हमाल, नीर आले मगर,  शिला वि. क., मदन दास, शिशिर पौडेल, सुजन लम्साल लगाएतका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएकाे छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस