चुनावमा एमालेको बहुमत आउँछ, ओली नै प्रधानमन्त्री बन्नुहुन्छः विष्णु पौडेल - सिधा मिडिया

चुनावमा एमालेको बहुमत आउँछ, ओली नै प्रधानमन्त्री बन्नुहुन्छः विष्णु पौडेल

    १३ आश्विन २०७८, बुधबार २१:५४  मा प्रकाशित
135 जनाले पढ़िसके




नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने र ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

पार्टीबाट चोइटिएको समूहले चुनावमा एमालेलाई कुनै पनि असर पार्न नसक्ने उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि ।

धमलासँग विशेष कुराकानी गर्दै उपमहासचिव पौडेलेले भने, “एमाले फुट्यो भन्ने निष्कर्षमा म सहमत छैन ।

दक्षिणपन्थीहरुको सहानुभूतिमा सानो झुन्ड चोइटिएको मात्र हो ।

त्यसकारण एमाले विद्यमान कानुनी आधारमा नफुट्ने भयो भनेर अध्यादेश नै ल्याउनुपर्यो ।

अब हामी पार्टीलाई पुरानो अवस्थामा फर्काउने मात्र होइन, अझ सशक्त, गतिशील र शक्तिशाली बनाउँछौं ।

पौडेलले थपे, “२०५४ सालमा चाहिँ एमाले साँच्चै फुटेको थियो । केन्द्रीय कमिटीको आधा हिस्सा मालेमा लागेको थियो ।

बामदेव गौतम, सीपी मैनाली, आरके मैनाली, सहाना प्रधान, सीतानन्दन राय, अशोक ।

राईहरु विभाजनमा लाग्नुभएको थियो । संसदीय दल आधा फ्याक भएको थियो ।

तलदेखि माथिसम्म विभाजन भएको थियो । महाकाली सन्धि, भारत र अमेरिकाको विरोधमा सशक्त नारा लागेका थिए ।

तर पनि अलग भएको मालेले एक सिट पनि जित्न सकेन । जमानत समेत जोगिएन ।

एकीकृत समाजवादीको त कहीँं कतै केही सम्भावना छैन । अब एमालेले बहुमत ल्याउँछ, सरकार बनाउँछ ।

केपी ओली फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छ ।”ओली अहिले ७० नपुगेकाले ।

महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार नभएको उनको भनाइ छ ।

उनले भने, “पार्टीको लोकतान्त्रिकीकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर ।

हदको कुरा विधानमा समेटिएका हो । दुई कार्यकाल, उमेर हदका विषय पहिल्यै निर्णय भइसकेका कुरा हुन् ।

आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति हटोस् र नेतृत्व हस्तान्तरण हुँदै होस् भनेर ती प्रबन्ध गरिएका हुन् ।

केपी शर्मा ओली अहिले ७० पुग्नुभएको छैन । उहाँलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार छैन ।

पार्टीले पत्याएसम्म उहाँ अध्यक्ष रहिरहनुहुन्छ ।”कार्यक्रममा एमाले उपमहासचिव पौडेलले ।

अहिलेको प्रतिनिधिसभाको प्रयोजन सकिएकाले चाँडोभन्दा चाँडो चुनावमा जानुको विकल्प नभएको पनि बताए ।

उनले भने, “तीन महिनामा बल्ल मन्त्रिपरिषद् विस्तारको सुरसार हुँदै छ ।

केही काम गर्ने लक्षण देखिएको छैन । यो प्रतिनिधिसभाले काम दिँदैन भनेर नै हामीले विघटन गरेका हौंं ।

यो प्रतिनिधिसभाको प्रयोजन सकिएको देखिन्छ । नयाँ ढंगले कार्यभार पूरा गर्ने देखिँदैन ।

एमालेले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ५७ दिन संसद् अवरुद्ध गरेको ।

थियो, यसपालि कति दिन अवरुद्ध गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पौडेलले ।

भने, “एमाले अनुशासित, गतिशील र जिम्मेवार पार्टी हो । के गर्नुहुन्छ, के गर्नुहुन्न, हामीलाई राम्ररी थाहा छ ।

हामी गैरसंसदीय अभ्याससँग होसियार छौं । हामीले उठाएको मुद्दा के हो भने नेकपा ।

एमालेको संसदीय दलका सदस्यले पार्टीको ह्वीप उल्लंघन गरे, विश्वासको मत नपाउँदा एमालेको सरकार अल्पमतमा पर्यो ।

ती १४ सांसदमाथि कारबाहीका लागि संसद् सचिवालयमा पत्र दर्ता गराउँदा सभामुखले सूचना टाँस गर्नुभएन ।

अनि ती गैर सांसदलाई राखेर सभामुखले प्रतिनिधिसभाको बैठक राख्न मिल्छ ?

उहाँ खालि कानुन बमोजिम गरेको मात्र भन्नुहुन्छ, यसकारण गरेको भन्न सक्नुहुन्न, किन ? ”पार्टीभित्र ।

१० बुँदे सहमति कार्यान्वयन अब भीम रावलकै जिम्मेवारी भएको उनले औंल्याए ।

उनले भने, “१० बुँदे सहमति कुनै निर्णय थिएन । त्यो सिफारिस मात्र थियो ।

केन्द्रीय कमिटीले रचनात्मक रुपमा लागू गर्ने भनेर अन्तर पार्टी निर्देशन गरेको हो ।

सबैजसो ठाउँमा कार्यान्वयन भइसकेको छ । तर सुदूरपश्चिममा बाँकी भएको सत्य हो ।

अब त्यसको संयोजक भीम रावले सहजीकरण गर्नुपर्यो । मुख्य जिम्मा उहाँकै हो ।

पौडेलले बाग्मती प्रदेशको इन्चार्ज रामबहादुर थापा बादल नै भएको बताए ।

अष्टलक्ष्मी शाक्य उपाध्यक्ष र मुख्यमन्त्री दुवै भएकाले बादलले जिम्मेवारी पाउनु स्वाभाविक भएको उनको कथन थियो ।

एमसीसीबाट एमाले ‘ब्याक’ नभएको उनको स्पष्टोक्ति छ । उनले थपे, “एमसीसीका बारेमा ।

हामी दुइटा कुरा ख्याल गर्छौं, बृहत् राष्ट्रिय हितमा छ कि छैन रु जनचाहनाको ।

आधारमा छ कि छैन रु नेकपा एमालेले विगतमा बनाएको कार्यदलको सुझावलाई पनि ख्याल गर्छौं ।

एमसीसीका बारेमा सरकार नै स्पष्ट छैन । सत्ता गठबन्धनमा फरक फरक विचार र दृष्टिकोण आइरहेका छन् ।

सरकार नै नतातेका बेला हामीले एमसीसीका बारेमा पेस्की निर्णय गर्नु आवश्यक छैन ।

जति बेला चाहिन्छ, त्यति बेला निर्णय गर्छौं ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस