स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु - सिधा मिडिया

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

    १६ आश्विन २०७८, शनिबार ०६:३७  मा प्रकाशित
141 जनाले पढ़िसके




स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । आँधीखोला–५ सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासी गुड्दा एक जना महिलाको मृत्यु भएको हो ।

सेतीदोभानस्थित वरको रुख भन्ने ठाउँमा रोकिराखेको ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी आँधिखोला ६ कि ४५ वर्षीया माया विकको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर आफैं गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङजा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस