साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएपछी यसले कति बजार मूल्य पाउला भन्ने लगानीकर्ताको चासो रहेको छ। कम्पनीले आईपीओ निस्कासन गरेको आइपियो ६ लाख ४४ हजार लगानीकर्ताले हात पारेका थिए।
कम्पनीको इपिएस ३५.३१ रहेको छ भने प्रति शेयर नेटवर्थ रु १३५.११ रहेको छ। नेप्सेले दोस्रो बजारमा कारोबारको लागि ओपनिङ्ग रेञ्ज रु १३५.११ देखि रु ४०५.३३ तोक्ने सम्भावना रहेको छ।
कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गरेको छ । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो।
उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस