उड्नै लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो - सिधा मिडिया

उड्नै लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

    १९ आश्विन २०७८, मंगलवार २१:०३  मा प्रकाशित
178 जनाले पढ़िसके




काठमाडौ । वुद्ध एयरको विमानमा समस्या आएको घटना सेलाउन नपाउँदै फेरी त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनवाट जोगिएको छ । त्रिभुवन विमानस्थलमा श्री एयरको विमान घाँसे मैदानमा चिप्लिएको छ । काठमाडौवाट नेपालगञ्जका लागि तयार भएको विमान टेक अफ हुनका लागि गुड्दै गर्दा चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

नेपालगन्ज उड्न लागेको ९ एनएएनएफ कल साइन भएको क्यु४००(८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर विमानस्थल स्रोतले जनाएको छ । विमान चालक दलका ४ कर्मचारी सहित ८० जना यात्रु लिएर जहाज नेपालगन्ज उड्न लागेको थियो । जहाज चिप्लिएर घाँसे मैदानमा पुगेका कारण जहाज धावनमार्गमा नभएकाले कारण उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भएको विमानस्थल कर्मचारीले जनाएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस