आज देखि डिभी भर्न सकिने, प्लस टु बिद्यार्थी पनि योग्य, कहाँबाट कसरी भर्ने ? - सिधा मिडिया

आज देखि डिभी भर्न सकिने, प्लस टु बिद्यार्थी पनि योग्य, कहाँबाट कसरी भर्ने ?

    २१ आश्विन २०७८, बिहीबार १२:१२  मा प्रकाशित
136 जनाले पढ़िसके




सन् २०२३ को डीभी नेपाली समयानुसार आज बेलुका पौने १० बजेदेखि भर्न सकिने भएको छ। सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने ज्नाइएको छ।

नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन्।

डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।

डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ।। अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।

सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।

डिभी भर्नका लागि एउटा व्यक्तिले एउटा भन्दा बढी आबेदन दिएमा उसको आबेदन स्वत रद्द हुनेछ। त्यसति डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ।

डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ। पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।

अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन्। यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस