तनाव पछि रुपन्देहीमा कहिले सम्मका लागि जारी भयो कर्फ्यू आदेश ? (सूचना हेर्नुस्) - सिधा मिडिया

तनाव पछि रुपन्देहीमा कहिले सम्मका लागि जारी भयो कर्फ्यू आदेश ? (सूचना हेर्नुस्)

    २४ आश्विन २०७८, आईतवार १८:५६  मा प्रकाशित
90 जनाले पढ़िसके




काठमाडौ । सुकुम्बासीका नाममा रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र कब्जा गर्न पुगेको समूहसंग विवाद भएपछि प्रहरीले गो ली च लाउँदा एक जनाको निधन भएको छ । अवस्था विग्रिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप(महानगरपालिका बडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अ तिक्रम ण गरी बस्ती बसाल्ने योजना बनाएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको लागि कर्फ्यू लगाएको बताएका छन् ।

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपमनपा( १७ निगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९बुटवल उपमहानगरपालिका(१७० उत्तर(शिवनगरबस्ती बुटवल उपमहानगरपालिका( १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका(१८ औद्योगिक करिडोरको अमिन ९धन्दापुर मौरहिया सम्म० लाई चार किल्ला तोकेको छ ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरी र स्थानीयबीच झ ड प भएको थियो । सो क्रममा प्रहरीले गो ली च लाएको हो । घटनामा ३ जना स्थानीय र ३ जना प्रहरी गरी ६ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस