पिडित छोरीको बयान : ११ वर्षको हुँदा देखि नै मलाई बुबाले ढोका थुनेर पटकपटक…. - सिधा मिडिया

पिडित छोरीको बयान : ११ वर्षको हुँदा देखि नै मलाई बुबाले ढोका थुनेर पटकपटक….

    २४ आश्विन २०७८, आईतवार १९:१२  मा प्रकाशित
127 जनाले पढ़िसके




एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ? एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन् । आफ्नै बुवाले करणी गरेको र कसैलाई सुनाए धम्की दिएको भन्दै एक किशोरीले युट्युवमा सार्वजनिक गरेकी हुन् । उनले आफु ११ वर्षको हुँदा नै बुवाले त्यस्तो गरेको भएपनि केही भन्न नसकेको बताइन् । सानी छंदा बुवाले जे गर्नु भयो त्यो के हो भन्ने आफुलाई थाहा नभएको बताइन् ।

तर अहिले आफु ठूली भएपछि पनि गएको माघ २० गते पनि बुवाले आफुलाई करणी गरेको किशोरीको भनाई छ । माघ २० गतेको घटना पछि बुवाले कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन, तेरो कुरा कसैले विश्वास पनि गर्दैन तँलाई नै प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको उनको भनाई छ ।

म आमासंग थिए बुवाले मलाई बोलाउनु भयो म जान ड’राए’की थिए । तर तँ संग काम छ भनेर बोलाउनु भयो अनि मलाई लगेर स्टोर लिएर जानुभयो । अनि कोठाको ढोका लगाएर मलाई करणी गर्नुभयो । कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ ।

आमालाई भनिस भने तँलाई नै नराम्रो हुन्छ प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको बताइन् । आमा माथि हुनुहुन्थ्यो तर मलाई बुवाले तल स्टोरमा लगेर यस्तो गर्नुभयो । उनले घटना पछि आफुलाई स्वास्थ्य समस्या भएको बताएकी छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस