स्याङ्जाको वालिङमा जीप दुर्घटना, २ जनाको मृत्यु १७ घाईते (चोट र नाम सहित) - सिधा मिडिया

स्याङ्जाको वालिङमा जीप दुर्घटना, २ जनाको मृत्यु १७ घाईते (चोट र नाम सहित)

    २४ आश्विन २०७८, आईतवार २१:१९  मा प्रकाशित
520 जनाले पढ़िसके




स्याङ्जाको वालिङमा जीप दुर्घटना, २ जनाको मृत्यु १७ घाईते  (नामावली सहित)

प्रदिप पंगेनी / स्याङ्जा : वालिङमा जीप दुर्घटना हुदा केही मानिस हाताहाति भएका छन । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मोदीखोला भित्रि सडक खण्डमा वालिङबाट लाखुंडाँडा तर्फ जाँदै गरेको ग.१ ज. ४९१८ नं. को जीप अचानक बाटो देखी अनुमानीत. ५० मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन ।,

घटनास्थालमा प्रहरी अधिकृत सहितको टोली पुगी घाईतेहरू उपराचको लागि अस्पताल पठाएको छ ।  घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले ” सिधा मिडिया” लाई जानकारी दिएका हुन ।

मृत्यु हुने २ जनाको नाम र अवस्था यस्तो थियो :-

१)   स्याङ्जा जिल्ला गल्याङ नगरपालिका.१० बस्ने बर्ष ७७ को दल ब.पल्लीको – प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो भने, लास सो हस्पिटलमा रहेको छ ।

२)  स्याङ्जा जिल्ला गल्याङ नगरपालिका.१० बस्ने बर्ष ३२ की गंगा पल्लीको –  प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ भने, लास सो हस्पिटलमा रहेको छ ।

१७ जना निम्न घाईतेहरूको नाम र अबस्था यस्तो छ:-

१)    जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० बस्ने बर्ष ४ की करिष्मा थापा-  टाउको र छातीमा चोट, अवस्था सिरीयस, थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

२)    ऐ.ऐ.बस्ने २ को अर्चल बिक टाउकोमा चोट  सिरीयस , थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

३)    ऐ.ऐ.बस्ने बर्ष ५५ को राम ब.पल्ली – टाउको र ढाडमा चोट, अवस्था  मध्यम, प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

४)    ऐ.ऐ.बस्ने बर्ष ३ को किरण पल्ली- टाउको र कम्मरमा चोट, अवस्था मध्यम, प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

५)    ऐ.ऐ.बस्ने बर्ष २४ की त्रिसना बि.क. –  टाउको र ढाडमा चोट, अवस्था  मध्यम, प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

६)    ऐ.ऐ.बस्ने बर्ष २२ की बिष्णु थापा – टाउको र ढाडमा चोट, अवस्था मध्यम, थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

७)    ऐ.ए.बस्ने बर्ष २७ को अर्जुन थापा –  टाउकोमा चोट मध्यम ,  थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

८)    ऐ.ऐ.बस्ने बर्ष ६० की हुमा पल्ली ढाड र कम्मरमा चोट, अवस्था मध्यम, प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

९)    ऐ.ऐ.बस्ने बर्ष ५६ की रिता गाहा – दाया पाखुरामा चोट, अवस्था मध्यम, प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

१०)  ऐ.ऐ.बस्ने बर्ष २ को एन्जल गाहा- पाखुरामा चोट, अवस्था मध्यम,  प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

११)  ऐ.ऐ.बस्ने बर्ष  २२ की पुष्पा पल्ली- कुममा र घाटीमा चोट, अवस्था मध्यम , थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

१२)  ऐ.ऐ.बस्ने बर्ष ४५ की भिम कुमारी पल्ली- बायाँ हातमा चोट, अवस्था मध्यम, प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

१३)  ऐ.ऐ.बस्ने बर्ष ३ की एमना पल्ली- टाउकोमा चोट, अवस्था मध्यम , प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

१४)  ऐ.ऐ.बस्ने बर्ष ५५ की लिला कुमारी पल्ली- छाती र टाउकोमा चोट, अवस्था मध्य, थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

१५)  ऐ.वालिङ न.पा.१०  बजाकोट बस्ने बर्ष २४ को सपना थापा- टाउकोमा चोट, अवस्था मध्यम , प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

१६)  ऐ.ऐ.बस्ने बर्ष २ को नबिन थापा- टाउकोमा चोट, अवस्था मध्यम , प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको ।

१७)  चालक जिल्ला स्याङजा गल्याङ न.पा.१० बस्ने बर्ष ३१ को रुद्र ब.थापा सामन्य घाईते प्रहरीको नियन्त्रणमा रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस