ग्लोबल आईएमई बैंकको लाभांश घोषणा - सिधा मिडिया

ग्लोबल आईएमई बैंकको लाभांश घोषणा

    २५ आश्विन २०७८, सोमबार १२:२७  मा प्रकाशित
159 जनाले पढ़िसके




ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरि कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस