पोखराबाट छुटेर घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु - सिधा मिडिया

पोखराबाट छुटेर घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

    २५ आश्विन २०७८, सोमबार १८:०७  मा प्रकाशित
157 जनाले पढ़िसके




असोज- पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

पोखराबाट जिल्लाको पर्यटकीय स्थल घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । भने एक जना गम्भिर घाइते भएका छन् ।मृतक सबैको शव पोखरा ल्याइँदै गरेको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुलिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घटनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस