अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो - सिधा मिडिया

अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

    २६ आश्विन २०७८, मंगलवार १८:२८  मा प्रकाशित
136 जनाले पढ़िसके




सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको उनले बताए।

‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस