निफ्राकाे सेयर परेकाहरुलाई दशैँकाे मुखैमा निराशाजनक खबर - सिधा मिडिया

निफ्राकाे सेयर परेकाहरुलाई दशैँकाे मुखैमा निराशाजनक खबर

    २६ आश्विन २०७८, मंगलवार १९:४६  मा प्रकाशित
1434 जनाले पढ़िसके




नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले घोषणा गरेको लाभांश संशाेधन भएकाे छ । नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंककाे हिजाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ८ प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

यसअघि बैंककाे असाेज ४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ। हाल कम्पनीको चुक्तापूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस