मध्य भोटेकोशीको आईपीओमा यस्तो आवेदकको आवेदन रद्द गरिनेछ - सिधा मिडिया

मध्य भोटेकोशीको आईपीओमा यस्तो आवेदकको आवेदन रद्द गरिनेछ

    २६ आश्विन २०७८, मंगलवार १९:५०  मा प्रकाशित
1893 जनाले पढ़िसके




मध्य भोटेकोशी कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ।

उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन नपाउने ब्यबस्था गरिएको थियो। यदि आवेदन दिएको भए रद्द हुने छ ।

सम्भावना कति मध्य भोटेकोशीको आईपीओ पर्ने सक्ने ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा ४.५६ गुणा बढीको आवेदन परेको छ।

आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्ममा आईपिओमा २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले ९० लाख कित्ता शेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो ।

त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस