झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर परिन सवारी दुर्घटनामा - सिधा मिडिया

झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर परिन सवारी दुर्घटनामा

    २६ आश्विन २०७८, मंगलवार २१:५६  मा प्रकाशित
289 जनाले पढ़िसके




लोकप्रिय गीत झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर सवारी दुर्घटना परि घाइते भएकी छिन।अनुहारमै गम्भीर चोट लागेपछि उनि अस्पताल भर्न भएकी छिन।कान्तिपुर अस्पतालमा भर्ना भएकी सुमनको अहिलेको अबस्था भने सामान्य रहेको छ।

दिउँसोको समयमा बबरमहलमा स्कुटीमा आफ्नो गन्तव्यतिर हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी हुन्। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छ,ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन।

झ्यालमा पर्दा छ गीतबाट उनि एकाएक सबैको मन मुटुमा बस्न सफल भएकी गायिका हुन्।अहिले सुमनले गाएका धेरै दोहोरीहरु युटुबको ट्रेनिङमा परेको हुन्छ।उनि सबैको प्यारी गायिका हुन्। नेपाली लोक संगीतले रुचाईएकि गायिका सुमनको यो अबस्था भए संगै सबै शुभचिन्तक चिन्तित छन भने उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन।

सुमनको अनुहारमा ठुलो चोट लागेको कारण यो बेला उनको अनुहार सुन्निएको छ भने खुट्टाको एउटा नसा पनि छिनेको गायिका अमृता लामिछानेले लालीगुराँस डटकमलाइ जानकारी दिईन।सुमन अहिले अमृताकै डेरामा बसिरहेकी छिन।सुमनको उपचार पछि घर ल्याइएको हो।केहि दिन आराम गर्न डाक्टरले सुमनलाइ अनुरोध गरेको बताईएको छ।

सुमन दशैंको किनमेल गरि घर जाने तयारीमा रहेकी थिइन।घर जानको लागि सामान किन्न हिडेकी सुमनको यो अबस्था भएको हो। र’गत धेरै बगेको र कमजोर भएको भन्दै उनलाई राजधानीमाइ राखेर केयर गर्नु पर्ने डाक्टरको भनाइ छ।सुमनको स्कुटीमा पनि क्षेती पुगेको छ।ठक्कर दिने मोटरसाइकलको अझै पहिचान खुल्न नसक्दा समस्या भएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस