ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु, ६ जना घाइते - सिधा मिडिया



ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु, ६ जना घाइते

    ३० आश्विन २०७८, शनिबार १०:०९  मा प्रकाशित
229 जनाले पढ़िसके




काठमाडौं । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस