नेप्से २५०० को लाइनमा, ब्याजदरको कालोछायाँले बजारमा पहिरो, यस्तो तथ्य वाहिरीयो - सिधा मिडिया



नेप्से २५०० को लाइनमा, ब्याजदरको कालोछायाँले बजारमा पहिरो, यस्तो तथ्य वाहिरीयो

    १ कार्तिक २०७८, सोमबार १५:५३  मा प्रकाशित
433 जनाले पढ़िसके




बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा भारि वृद्धि गरेपछि त्यसको नकारात्मक प्रभावले बजार उच्च अंकले घटेको छ । कारोबार खुलेको पहिलो २ घण्टा नबित्दै सेयर बजार मापक नेप्से इण्डेक्स ६२.५० अंकले घटेर २५९४ अंकमा आइपुगेको छ ।

बजारमा गिरावट जारी रहेको र यो क्रम निरन्तर रहे आज बजार बन्द हुँदासम्म बजार अझै उच्च अंकले घट्नसक्ने संभावना देखिन्छ ।

सेयर बजार र बैंकको ब्याजदरको सम्बन्ध सधैं विपरीत हुन्छ । ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बढ्दा सेयर बजार घट्छ ।

यहीकारण आज बजारमा उच्च गिरावट देखिएको हो । दिउँसो १ बजेसम्म आशा लघुवित्तको मात्र मूल्य बढेको छ । त्यसबाहेक एउटा डिवेञ्चर तथा ३ वटा म्युचुअल फण्डको मूल्य मात्र बढेको छ ।

कारोबारमा आएका बाँकी सबै कम्पनीको मूल्य गिरावट देखिएको छ । मूल्यमा उच्च गिरावट भएका १० वटा कम्पनीमध्ये ५ वटा जलविद्युत कम्पनी मात्रै रहेका छन् ।

यो दिन विकास बैंक र वित्त समूहको उपसूचकमा भीषण गिरावट देखिएको छ । बैंकिङ समूह १.९४ प्रतिशतले घटिसकेको छ भने विकास बैंक र वित्त समूह क्रमशः ३.३३ र ४.३९ प्रतिशतले घटिसकेका छन् ।

होटल तथा पर्यटन समूहमा १.७१ प्रतिशतको गिरावट आउँदा बाँकी सबै समूहको उपसूचक २ प्रतिशत भन्दा बढीले घटिसकेको छ । दिउँसो १ बजेसम्म १ अर्ब ३३ करोड ५८ लाख ७७ हजार बराबरको मात्र सेयर कारोबार भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस